झण्डै ३ करोड रुपैयाँ चेक बाउन्सको मुद्दामा तीन जना पक्राउ-Sutra News

झण्डै ३ करोड रुपैयाँ चेक बाउन्सको मुद्दामा तीन जना पक्राउ

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं । बैकिङ कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भई फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका १४ हनुमाननगर ठेगाना भएका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरि नगरपालिका २ चिसापानी ठेगाना भएका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिका २ ठेगाना भएका २९ वर्षीय विष्णु अंगाई रहेका छन् ।

पक्राउमध्ये अधिकारीलाई आइतबार चितवन खैरेनी नगरपालिका ८ बाट प्रहरीले पक्राउ गरेको हो । यस्तै, सुवासलाई शनिबार चितवन पुल्चोकबाट र विष्णुलाई शुक्रबार चितवन भरतपुरबाट प्रहरीले पक्राउ प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनले अधिकारीलाई ५५ दिन कैदसहित २ करोड ३२ लाख २४ हजार रुपैयाँ, थापालाई १७ दिन कैद तथा ५९ लाख ७९ हजार रुपैयाँ र अंगाईलाई १ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । उनीहरुले आफ्नो खातामा रकम नभए पनि चेक काटेर दिएका थिए ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत चितवनमा पेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट