घुस लिएको आरोपमा विद्युत प्राधिकरणका कर्मचारी पक्राउ-Sutra News

घुस लिएको आरोपमा विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी कृष्ण आलेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । तनहुँ जिल्लाको वितरण शाखामा कार्यरत उनलाई आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले पक्राउ गरेको हो ।



आलेले सेवाग्राहीको काम गरिदिएवापत गैरकानूनी रुपमा पाँच हजार घुस रकम लिएका थिए । सोही सूचनाका आधारमा उनलाई पक्राउ गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

आलेको साथबाट घुस रकमसमेत बरामद भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न तयारी भएको प्रवक्ता अधिकारीले जानकारी दिए । उनविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट