ओलीलाई थप कारबाही गर्न प्रचण्ड–माधव पक्ष बालुवाटारमा-Sutra News

ओलीलाई थप कारबाही गर्न प्रचण्ड–माधव पक्ष बालुवाटारमा

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव पक्षका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । प्रधानन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयसहित उनीहरु बालुवाटार पुगेका हुन् ।



उनीहरुको साथमा अर्का नेता सुरेन्द्र पाण्डेसमेत रहेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने भएका हुन् । यसअघि प्रचण्ड–माधवले प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण सोध्ने बताउँदै आएका थिए ।

गत स्थायी समितिको निर्णयअनुसार प्रचण्ड र नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो । जसमा ओलीका गतिविधिमाथि प्रश्न गर्दै तपाईलाई थप कारवाही किन नगर्ने भनेर ? भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट