प्रधानमन्त्रीले गरेको संसद् विघटन अग्रगामी कदम : गृहमन्त्री-Sutra News

प्रधानमन्त्रीले गरेको संसद् विघटन अग्रगामी कदम : गृहमन्त्री

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा आज सोलुखुम्बुको सल्लेरीमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।



भेलामा बाेल्दै मन्त्री थापाले संविधानमा भएको व्यवस्थाअनुसार सरकारले संसद् विघटन गरी अग्रगामी कदम चालेकाे बताएका थिए । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दलभित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताए ।

उनले अध्यक्ष ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक पार्टी भएकाले चुनाव चिन्ह पनि आफूहरुले नै प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट