कुवेतका राजाले स्वीकार गरे सरकार विघटन-Sutra News

कुवेतका राजाले स्वीकार गरे सरकार विघटन

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं- कुवेतको सरकार विघटन भएको छ । प्रधानमन्त्री प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएपछि राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सरकार विघटनलाई स्वीकृत जनाएका हुन् ।



प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजा समक्ष राजीनामा चढाएका थिए । तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको राष्ट्रियसभा र मन्त्रीपरिषद्का बीचमा सम्बन्ध बिग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी गराएका थिए ।

उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफूहरू अब विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए । उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट