मध्य अफ्रिकाका तौदेराले पाए न्याए, अदालतले दियो राष्ट्रपतिको मान्यता-Sutra News

मध्य अफ्रिकाका तौदेराले पाए न्याए, अदालतले दियो राष्ट्रपतिको मान्यता

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

बाङ्गी- गणतन्त्र मध्य अफ्रिकाको राष्ट्रपतिमा पूर्वराष्ट्रपति फौस्टिन आर्चेन्ज तौदेराले नै मान्यता पाएका छन् । उनले निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै नतिजाविरुद्ध परेको मुद्दाको फैसला गर्दै संवैधानिक अदालतले उनलाई नै विजयी भएको माध्यता दिएको हो ।



सोमबार अदालतले गरेको फैसलामा ५३.१६ प्रतिशत मत प्राप्त गरेर उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको घोषणा गरेको छ ।

गत डिसेम्बर २७ मा भएको निर्वाचनको नतिजा जनवरी ४ मा घोषणा गर्दै अधिकारीहरुले उनलाई निर्वाचित भएको घोषणा गरेका थिए । तर विपक्षीहरुले नतिजा अस्वीकार गर्दै अदालतमा मुद्दा दर्ता गरेका थिए । त्यही मुद्दामा अदालतले राष्ट्रपति तौदेराको पक्षमा फैसला गरेको हो ।

विपक्षीहरुले निर्वाचनका बेलामा राष्ट्रपति तौदेराले व्यापक रुपमा शक्ति र श्रोत साधनको दुरुपयोग गरेको र कानुनहरूको उलंघन गरेको आरोप लगाएका थिए । निर्वाचनका विरुद्धका अन्य विद्रोही तथा हतियारधारी संगठनहरूले पनि धम्क्याउने, अवरोध गर्ने, भाँड्न खोज्नेलगायतका गतिविधि गरेका थिए । उनीहरुले राजधानीमा बृहत् विरोध जुलुश पनि निकालेका थिए ।

सरकारले पूर्वराष्ट्रपति फ्रान्सोइस बोजिजलाई विद्रोही गतिविधिमा संलग्न भएर कु गर्न खोजेको आरोप लगाएको छ । मध्य अफ्रिाकामा सत्तापक्ष, विपक्ष र विद्रोही विभिन्न समूहका बीचमा लामो समयदेखि संघर्ष चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट