प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सुनुवाइ सुरु-Sutra News

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सुनुवाइ सुरु

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।



आजको बहस रिट निवदेकका तर्फबाट शिवकुमार यादवले गरिरहेका हुन् । यसअघि सोमबार वकालतनामाका लागि तयार भएका अधिवक्ताको संख्यालाई मध्यनजर गर्दै इजलासले बहस छोट्याउन पनि सुझाएको थियो । सोमबारको सुनुवाइमा दिनभरमा दुई जना अधिवक्ताले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट