

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जनाको होम आइसोलेसन र एक जनाको भेरी अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १० का ७० वर्षीय पुरुषको सोमबार राति साढे ९ उपमहानगर १ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा आज बिहान ६ बजे मृत्यु भएको हो ।
७० वर्षीय पुरुषमा गत २६ गते कोरोना पुष्टि भएको थियो भने ४९ वर्षीय पुरुषमा गत २८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।