इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त-Sutra News

इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

रोम- इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उनले विश्वासको मत कायमै राखेका हुन् ।



मतदानको नतिजा अनुसार तल्लो सदनका कुल सांसदमध्ये ३२१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए भने २५९ जनाको मत विपक्षमा परेको थियो । संसद सचिवालयका अधिकारीहरुका अनुसार मतदानका बेलामा २७ जना अनुपस्थित रहेका थिए ।

पूर्वप्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर उनीहरुको प्रस्ताव असफल भएको छ ।

सरकारले बहुमत गुमाएकाले सरकार संकटमा रहेको विपक्षीहरुले अघिल्लो हप्ता दावी गरेका थिए । प्रधानमन्त्री कोन्टेले नयाँ गठबन्धन बनाएर विश्वासको मत बचाउन सफल भएका हुन् । पाँच वर्षे कार्यकाल रहेको संसदका लागि गत सन् २०१८ मा आम निर्वाचन भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट