कोरोना ग्राफः थपिए ३४८, ४४१ निको, ४ जनाको मृत्यु-Sutra News

कोरोना ग्राफः थपिए ३४८, ४४१ निको, ४ जनाको मृत्यु

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ । हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट