काठमाडौं- कमलादीस्थित प्रज्ञा भवनमा आयोजित प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्ड-माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंस चढेको बताएका छन् । उनले अब ओलीको बैंस सकिने बताउँदै अब ओरालो लाग्ने बताए ।
भेलामा बोल्दै भट्टराईले विभिन्न आन्दोलनबाट राजा महाराजा फाले पनि पार्टीभित्रको राजा महाराजा भने फाल्न नसकेको जिकिर गरे । उनले भने, ‘अहिले कम्युनिस्ट पार्टीमै तानाशाह जन्मियो यसलाई फालेर अघि बढ्नु पर्छ ।’
भृकुटीमण्डपबाट निस्किएको पत्रकारहरुको र्याली पुतली सडक हुँदै प्रज्ञा भवन पुगेको थियो ।