१३ वर्षीय बालिकालाई ११ जनाले गरे सामूहिक बलात्कार, बलात्कार गर्न दुईपटक अपहरण-Sutra News

१३ वर्षीय बालिकालाई ११ जनाले गरे सामूहिक बलात्कार, बलात्कार गर्न दुईपटक अपहरण

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

काठमाडौं– भारतको मध्ये प्रदेशको उमरिया जिल्लाकी एक १३ वर्षीय बालिका यो महिना दुईपटक अपहरणमा परिन् । उनी दोस्रोपटक अपहरण परेर छुटेसँगै एक भयानक घटना बाहिर आएको छ ।



उनी दुईपटक अपहरणमा परेर बलात्कारको शिकार भएको घटना सार्वजनिक भएको हो । उनलाई ११ जनाले सामूहिक बलात्कार गरेको समाचार जनाइएको छ । उनलाई बलात्कार गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको भारतीय प्रहरीले जनाएको छ ।

पीडित बालिकाकी आमाले गत जनावरी १४ गते यस घटनाबारे प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी परेसँगै प्रहरीले ७ जनालाई गत शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीलाई दिएको उजुरीअनुसार बालिकालाई गत ४ जनावरीमा एक चिनजानका व्यक्तिले लिएर गएका थिए । ती व्यक्तिले बालिकालाई फकाएर एक नजिकको बाजरमा लगेका थिए । त्यस दिन बालिकालाई लिएर जाने व्यक्तिसहित ६ जनाले सामूहिक बलात्कार गरी भोलिपल्ट छाडिदिएका थिए । प्रहरी अधिकारीका अनुसार बालिकालाई सामूहिक बलात्कार गरेपछि कसैलाई भने मार्ने धम्की दिएका थिए ।

दोस्रोपटक बालिकालाई गत ११ जनावरीमा अपहरण गरिएको थियो । पहिलेकै एक आरोपीले बालिकालाई दोस्रोपटक अपहरण गरेको प्रहरीले जनाएको छ । दोस्रोपटक बालिकालाई दुई ट्रक चालकसहित ५ जनाले बलात्कार गरेका थिए ।

प्रहरीले राहुल कुशवाहा, आकाश सिंह, मानू केवट, ओमकार राय, पारस सोनी, रजनीश चौधरी, रोहित यादव, इतेन्द्र सिंहसहित आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट