काठमाडौं- ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई एक करोड सहयोग गरेको छ । अक्सिजन प्लान्ट स्थापना गर्नका लागि अस्पताललाई एक करोड आर्थिक सहयोग गरेको हो ।
मंगलबार एक कार्यक्रमका बीच अस्पताललाई ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै उनले अस्पतालले महानगरबासीलाई पुर्याएको सहयोगका लागि थोरै सहयोग गरेको बताएका थिए ।
सहयोगका क्रम बल्ल सुरु भएको भन्दै मेयर महर्जनले आगामी दिनमा निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको अस्पताल पुरानो र विश्वसनीय अस्पतालका रुपमा चिनिँदै आएको छ ।