कांग्रेसलाई प्रदेश १ मा मुख्यमन्त्री बनाउने मौका, नेकपाले सहयोग गर्ने-Sutra News

कांग्रेसलाई प्रदेश १ मा मुख्यमन्त्री बनाउने मौका, नेकपाले सहयोग गर्ने

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

काठमाडौं- प्रदेश १ मा प्रचण्ड-माधव समूहले नेपाली कांग्रेसलाई मुख्यमन्त्री दिने बताएको छ । आज बसेको प्रदेश संसदीय दलको बैठकमा उपस्थित एक सांसदले आफूहरुसँग ३८ सांसद रहेको भन्दै आवश्यक परे कांग्रेसलाई मुख्यमन्त्री दिने जनाएको हो ।



बैठकमा ३३ सांसद जना प्रचण्ड-नेपाल पक्षा‍का सांसदहरु उपस्थित भएका थिए । बाँकी ५ जना काठमाडौंमा रहेकाले बैठकमा सबै उपस्थित नभएको प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए ।

९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा नेकपाका तर्फबाट ६७ सांसद रहेका छन् । तटस्थ बसेका ५ जना सांसदहरुलाई सहमत गराउन सके मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुन प्रचण्ड-माधव समूहले पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट