बाइडेनको शपथ आज, सुरक्षा व्यवस्था कडा-Sutra News

बाइडेनको शपथ आज, सुरक्षा व्यवस्था कडा

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं- नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आज शपथ लिंदै छन् । सपथग्रहण कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने बताइएको छ  ।



अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ । यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ  ।

डेमोक्रेटिक पार्टीका बाइडेनले आज राति १०ः४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन्  । क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ  ।

कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो  । अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ  ।

बाइडेनको शपथमा राष्ट्रपति ट्रम्प सहभागी नहुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट