संवैधानिक राजसंस्थाका लागि जनमत संग्रह गरौं: डा.लोहनी-Sutra News

संवैधानिक राजसंस्थाका लागि जनमत संग्रह गरौं: डा.लोहनी

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

मोरङ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी आगामी निर्वाचनमा संवैधानिक राजसंस्था र धर्म सापेक्षता पार्टीको मुख्य एजेण्डा हुने बताएका छन् ।



विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले राजतन्त्रलाई सबै दलको सहमतिमा कायम गर्ने र धर्मबारे संविधानअनुसार जनमत संग्रह गर्नुपर्ने विचार राखे ।

अध्यक्ष लोहनीले सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धमा गर्ने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने विचार व्यक्त गरे ।

उनले मुलुकमा बेरोजगारी समस्या विकराल भएकामा चिन्ता व्यक्त गर्दै विश्वका विभिन्न देशमा नेपाली युवा कामदारको रुपमा जानु दुःखद् भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट