लगनखेल मालपोतका नासु ४० हजार घुससहित पक्राउ-Sutra News

लगनखेल मालपोतका नासु ४० हजार घुससहित पक्राउ

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं- जग्गाको विषयमा सेवाग्राहीसँग हिसाव-किताब मिलाइ रहँदा घुस लिएको आरोपमा मालपोत कार्यालय लगनखेलका नायब सुब्बा मन्दीपकुमार श्रेष्ठ पक्राउ परेका छन् ।



साे क्रममा ट्रायल चेक गर्दा नक्साअनुसार क्षेत्रफल बढी भएको जग्गा मिलाउन श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ अतिरिक्त रकम मागेका थिए । 

उनीहरूलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन् ।

अख्तियारका अनुसार दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट