भारतले १० लाख डोज खोप दियो, प्रथम योद्धालाई कोरोनाको खोप दिने तयारी-Sutra News

भारतले १० लाख डोज खोप दियो, प्रथम योद्धालाई कोरोनाको खोप दिने तयारी

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरस (कोभिड १९)को खोप लिन अग्र भागमा रहेर काम गरिरका कर्मचारीलाई आग्रह गरेका छन् । उनले पत्रकार सम्मेलन गर्दै खोप लिन आग्रह गरेका हुन् ।



‘हामीले पहिलो चरणमा डाक्टर, सुरक्षाकर्मी तथा सफाईकर्मीलाई खोप लगाउने तयारी गरेका छौँ,’ मन्त्री त्रिपाठीले भने, ‘महामारीमा काम गरिरहेका प्रथम योद्धालाई खोप दिएपछि बाँकी चरणमा खोप अभियानको तयारी गर्नेछौँ ।’

मन्त्री त्रिपाठीले भारतबाट खोप ल्याउन कुनै कठिनाई नभएकाे बताउँदै देशबाट पनि कानुनी, प्रशासनिक तथा आर्थिक रुपमा सहज वातावरण भएको जानकारी दिए । अब उनले सबै जनालाई खोप लगाउन तयारी हुनु पर्ने बताए ।

भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज भ्याक्सिन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट