पोखरामा २ जना महिलाको कोरोनाबाट मृत्यु-Sutra News

पोखरामा २ जना महिलाको कोरोनाबाट मृत्यु

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं– कास्की जिल्लाको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै जना महिला रहेका छन् ।



गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका २९ की ३५ वर्षीय महिला र स्याङ्जाको बिरुवा गाउँपालिका ५ की ७० वर्षीया वृद्धा रहेका छन् । उनीहरुको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

पोखराकी महिलामा पुस २९ गते कोरोना पुष्टि भएको थियो भने स्याङ्जाकी वृद्धामा मंगलबार संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट