अमेरिका लैजान्छु भन्दै ठगी गर्ने वृद्धा पक्राउ-Sutra News

अमेरिका लैजान्छु भन्दै ठगी गर्ने वृद्धा पक्राउ

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं– आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भन्दै ठगी गर्ने एक वृद्धालाई प्रहरीले पक्राउ गरेको छ । उनले अमेरिका पठाइदिन्छु भन्दै एक जनासँग १५ लाख रुपैयाँ ठगी गरेका थिए ।



ठगी गर्ने ६० वर्षीय तुलसी थापाले आफ्नो नाममा भएको नक्कली परिचय पत्रसमेत देखाएको प्रहरीले जनाएको छ । संखुवासभा पाँचखपन गाउँपालिका ५ स्थायी घर भएका उनी काठमाडौं महानगरको वडा नम्बर ७ मित्रपार्कमा बस्दै आएका थिए ।

उनलाई प्रहरीले काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो । उनीमाथि ठगीसम्बन्धि कसुरमा कारबाही प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले आफू अमेरिका हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा मिलाइदिने भन्दै रकम ठगी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट