

काठमाडौं– मालपोत कार्यालय लगनखेलमा कार्यरत दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसाय काम गर्ने रमेशलाल श्रेष्ठ रहेका छन् ।
उनीहरुले सेवाग्राहीको जग्गा नक्साअनुसार क्षेत्रफल मिलाइदिने भन्दै ४० हजार रुपैयाँ घुस लिएको अख्तियार अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । उनीहरुलाई आयोग टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।