जिम्बाब्बेका विदेशमन्त्रीको कोरोनाबाट मृत्यु-Sutra News

जिम्बाब्बेका विदेशमन्त्रीको कोरोनाबाट मृत्यु

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

जिम्बाब्बे- जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् ।



राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् ।

उनका पारिवारिक सदस्यले पनि कोरोनाका कारण उनको निधन भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ । ‘मेरा दाजुको कोरोना भाइरसका कारण निधन भएको छ, उनलाई हिजो मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको थियो,’ उनका एक भाइले बुधबार भने ।

जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । जिम्बाब्बेमा पनि गत सन् २०२० को मार्चदेखि कोरोना भाइरसको महामारी फैलिन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट