भारतमा कोरोना ग्राफः संक्रमितको संख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी-Sutra News

भारतमा कोरोना ग्राफः संक्रमितको संख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

भारत- भारतमा कोरोना भाइरस संक्रमितको संख्या मंगलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार ८२३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ९५ हजार ६६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।



गत २४ मा भारतमा संक्रमणको कारण १६२ जनाको मृत्यु भएपछि भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजार ७१८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ४५ हजार भन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ९७ हजार २०१ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २३१ जना थप व्यक्तिमा भाइरसका संक्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड सुरु भएयता संक्रमणको कारण दिल्लीमा १० हजार ७६४ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बारसम्म देशभर १८ करोड ८५ लाख ६६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।

मंगलबार एकै दिनमा मात्र सात लाख ६४ हजार १२० जनाको कोभिड परीक्षण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट