केपी ओलीले शासन गर्ने वैधानिकता सकियो, जनतासँग क्षमा माग्नुपर्छः गगन थापा-Sutra News

केपी ओलीले शासन गर्ने वैधानिकता सकियो, जनतासँग क्षमा माग्नुपर्छः गगन थापा

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् ।



बुधबार काठमाडौंमा आयोजित ‘प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता थापाले नेकपाले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् ।

नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाइ छ । जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि दुवै पक्षले क्षमा नमागेको नेता थापाको भनाइ छ ।

नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप फैसला गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै कांग्रेसकै नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले संसद् विघटन गरेको बताए । कम्युनिस्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण संसद् विघटन भएको उनको भनाइ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट