काठमाडौं- युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ । सिरी ‘ए’ प्रतिद्धिन्द्धी नेपोलीलाई २–० ले पराजित गर्दै उसले सुपरकपको उपाधि जितेको हो ।
स्टेडियो मापेइमा बुधबार राति भएको खेलमा ६४ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।
इन्ज्युरी समयको पाँचौँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसलाई २–० जित सुनिश्चत गर्दै उपाधि दिलाएका थिए ।