अझै केहीदिन मौसम सुधार नहुने-Sutra News

अझै केहीदिन मौसम सुधार नहुने

बिहिबार, ८ माघ २०७७

बिहिबार, ८ माघ २०७७

काठमाडौं- देशभरको मौसममा अझै पनि सुधार आएको छैन । मौसमविद्हरूका अनुसार पानी नपरेसम्म गर्मी जाग्ने छैन । मध्यमाघमा पनि मंसीर र पुसकोजस्तो जाडो भएको सर्वसाधारणको गुनासो छ ।



उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।

हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । आगामी २४ घण्टा देशको उच्च हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

‘घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भूभागहरुमा बिहान र दिउँसोको समयमा बाक्लो हुस्सु्कुहिरो समेत लाग्ने सम्भावना छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट