भारतले पठायाे नेपालका लागि कोरोना खोप -Sutra News

भारतले पठायाे नेपालका लागि कोरोना खोप 

बिहिबार, ८ माघ २०७७

बिहिबार, ८ माघ २०७७

काठमाडौं- भारतले अनुदानस्वरूपको कोरोना भाइरसविरुद्धको खोप नेपाल पठाएको छ । खोप लिएर त्यहाँबाट एयर इन्डियाको विमान केही बेरअघि मात्रै उडेको छ ।



भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोरोना खोप लोड गरिएको विमानको तस्बिरसहित सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गरेका छन् ।

प्रवक्ता श्रीवास्तवले ट्विट गरेका छन्, ‘भारतमा बनेको कोरोना भ्याक्सिन नेपालका लागि पठाएका छौं ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट