भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्यो, लगाउने कहिले ?-Sutra News

भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्यो, लगाउने कहिले ?

बिहिबार, ८ माघ २०७७

बिहिबार, ८ माघ २०७७

काठमाडौं- भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौं आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको जहाज बिहान ११‍‍‍:५२ बजे काठमाडौं उत्रिएको हो । भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएको हो । सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।



स्वास्थ्य सचिव लक्षण अर्यालले खोप अभियान सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउँदै खोप लगाउनका लागि नामावलीको अनलाइन इन्ट्री भइरहेको जानकारी दिए । खोप लगाउने व्यक्तिको कार्ड बनाइने उनकाे भनाइ छ । 

सरकारले कुन दिनबाट खोप अभियान सुरु गर्ने र पहिलो खोप लगाएको कति समयपछि दोस्रो खोप लगाउने भन्ने निर्णय गर्न बाँकी छ ।

स्वास्थ्य सचिव अर्यालले खोप प्राविधिक सल्लाहकार समितिले पहिलो डोज लगाएको कति समयमा दोस्रो डोज लगाउने भन्ने निर्णय गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट