भारतीय पत्रकार सुधीर चौधरीको बचाउ गर्दै ओलीले भने- उसले सगरमाथा खान्छु भनेको छ र ?-Sutra News

भारतीय पत्रकार सुधीर चौधरीको बचाउ गर्दै ओलीले भने- उसले सगरमाथा खान्छु भनेको छ र ?

बिहिबार, ८ माघ २०७७

बिहिबार, ८ माघ २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पत्रकार सुधीर चौधरीको बचाउ गरेका छन् । राष्ट्रिय सभागृहमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई ‘विशेष सम्बोधन’ गर्दै प्रधानमन्त्री ओलीले चौधरीको बचाउन गरेका हुन् ।



पत्रकार चौधरीले केही हप्ताअघि प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएपछि सगरमाथमा पुगेर सगरमाथा भारतले दावी गर्नुपर्ने आशयको समाचार प्रसारण गरेका थिए । त्यसपछि प्रधानमन्त्री ओली र उनको आलोचना भएको थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘अस्ति एउटा विदेशी टेलिभिजनलाई अन्तर्वार्ता दिएँ । आलोचना गर्ने ठाउँ कहिँ भेटिएनछ । अनि त्यो पत्रकारले इन्डियामा गएर एभरेष्टको नाम किन राखेको ? हाम्रो मान्छेले गएर पहिला नापेको थियो । उसको नाममा हामीले भनेहुन्थ्यो । भन्ने बोलछ, यहाँ राष्ट्रवादको बबन्डर मच्चियो, प्रधानमन्त्री ओलीले थप स्पष्ट पार्दै भने, ‘उसले सगरमाथा खान्छु भनेको छ र ? यतिसारो बहकिनुपर्ने पनि आवश्यकता छैन ।’

प्रधानमन्त्री ओलीले राष्ट्रवाद भनेको तमासा गर्ने कुरा नभएको बताए । उनले भने, ‘राष्ट्रवाद ड्रामा हो ? राष्ट्रवाद ड्रामा होइन, राष्ट्रको हितको पक्षमा उभिने कुरा हो ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट