कोरोना ग्राफः ३३६ थपिए, २२६ निको, ४ जनाको मृत्यु-Sutra News

कोरोना ग्राफः ३३६ थपिए, २२६ निको, ४ जनाको मृत्यु

बिहिबार, ८ माघ २०७७

बिहिबार, ८ माघ २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।

हाल देशभर ३ हजार ७ सय ९९ सक्रिय संक्रमित रहेका छन् । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट