नेकपा प्रचण्ड-नेपाल समूहले आज काठमाडौंका नौ ठाउँबाट जुलुस निकाल्ले-Sutra News

नेकपा प्रचण्ड-नेपाल समूहले आज काठमाडौंका नौ ठाउँबाट जुलुस निकाल्ले

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनविरुद्धमा आज काठमाडौंलगायत उपत्यकाका विभिन्न नौ ठाउँबाट विरोध जुलुस निकाल्दै छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले शुक्रबार विरोध गर्ने जनाएका हुन् । 



उनले पार्टीको स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने बताए ।

त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुश रत्नपार्कमा जम्मा भई मुख्य जुलुशमा परिणत हुने उनको भनाइ छ । मुख्य जुलुश पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने नेता भट्टराईले जानकारी दिए ।

विरोधसभामा अध्यक्षद्वय प्रचण्ड र नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने उनले बताए । नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताए ।

संयोजक श्रेष्ठले संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट