प्रधानाध्यापकको हत्या आरोपमा विप्लव समूहका कार्यकर्ता पक्राउ-Sutra News

प्रधानाध्यापकको हत्या आरोपमा विप्लव समूहका कार्यकर्ता पक्राउ

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

मोरङ- मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।



प्रधानाध्यापक श्रेष्ठको २३ मंसिरमा बिहान ६ बजेतिर गोठबाट गाईवस्तु सार्दै गर्दा हतियारसहित आएका चार/पाँचजनाको समूहले अपहरण गरी जंगलमा घाँटी रेटेर हत्या गरेको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय डिबी सिलवाल भनिने धनबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट