नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु-Sutra News

नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

नेपालगञ्‍ज- नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, सुर्खेत भेरीगंगा नगरपालिका वडा नं.९ का ७१ वर्षीय पुरुषको आज विहान भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।



स्वास्थ्यमा समस्या आएपछि बृद्धलाई पुस २७ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो । उनलाई कोरोना पोजिटिभ रिपोर्ट आएपछि भेरीमा रिफर गरिएको थियो ।

बिरामीको आज ६ बजेर पाँच मिनेटमा मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट