बाबुराम भन्छन्- सेटिङ मिलाएर संसद् विघटन गरियो-Sutra News

बाबुराम भन्छन्- सेटिङ मिलाएर संसद् विघटन गरियो

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

बुुटवल- जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लेनदेन (सेटिङ) मा संसद् विघटन गरिएको टिप्पणी गरेका छन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान, अख्तियार लगायतका संयन्त्रलाई आफू मातहत ल्याएपछि मात्रै संसद् विघटन गरिएकाले सेटिङअनुसार काम भएको उनले दाबी गरे ।

प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष डा.भट्टराईले राज्यका अंग कब्जा गरेर ओलीले संसद् विघटन गरेकाले प्रतिगामी कदम विरुद्ध तेस्रो जनआन्दोलनको खाँचो रहेको बताए ।

‘लामो समयको संघर्षपछि संविधान जारी भयो, तर आज निरंकुश चरित्रका ओलीका कारण संविधान अन्त्य गर्न खोजिँदैछ,’ अध्यक्ष डा.भट्टराईले भने, ‘प्रतिगमनका विरुद्ध सबै राजनीतिक दल, मिडिया, नागरिक समाजले तेस्रो जनआन्दोलन सुरु गर्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट