काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहले निकालेको जुलुशका कारण उपत्यकाका ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । गन्तव्यका लागि हिंडेका कयौं मानिसहरु अलपत्र परेका छन् । सार्वजनिक सवारीमा यात्रा गर्ने पैदलै आफ्नो गन्तव्य गइरहेका छन् ।
भक्तपुरबाट आएका सवारीलाई कोटेश्वर तथा तीनकुनेमा रोकिएको छ भने ललितपुरबाट आएका सवारीलाई कुपन्डोलमा रोकिएको छ । कलंकी क्षेत्रबाट आएका त्रिपुरेश्वरमा रोकिएको छ । त्रिपुरेश्वरबाट रोकिएकालाई थापाथलीमा रोकिएको छ ।
नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले ‘बृहत् शक्ति प्रदर्शन’ मा कार्यकर्तालाई उपस्थित गराउन प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई सर्कुलर गरेको थियो ।
माधवकुमार नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।