केपी ओलीबाट आफ्नो परिवारमाथि पटक–पटक राजनीतिक हिंसा भयोः रेणु दाहाल-Sutra News

केपी ओलीबाट आफ्नो परिवारमाथि पटक–पटक राजनीतिक हिंसा भयोः रेणु दाहाल

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं- भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो परिवारमाथि व्यक्तिगत प्रहार हुने गरी राजनीतिक हिंसा गरेको टिप्पणी गरेकी छन् ।



बिहीबार प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफ्ना छोरी–ज्वाइँका लागि मात्रै काम गरेको आरोप लगाएको विषयमा प्रतिक्रिया जनाउँदै उनले आपत्ति जनाएकी हुन् ।  ‘व्यक्तिगत स्वार्थका लागि कहिल्यै गरिएन, सेवामा समर्पित हुनु कमजोरी हो भने छुट्टै कुरा हो, अरुको जस्तो बाले राजनीति गर्ने र छोराछोरीले फाइदा लिएर लुट्नु पर्ने हो ?’ भन्दै दाहालले प्रश्न गरेकी छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुट, आसेपासे र साइबर सेनामा भर्ती भएकालाई बाहेक अरुलाई केही नगरेको आरोप समेत लगाइन् । ‘तपाईंले जन्माएका छोराछोरी छैनन् भन्दैमा फेरि तपाईंले के आफ्नो गुट आसेपासे र साइबर सेनामा भर्ति भएकालाई भन्दा बढ्ता कसलाई के गर्नु भएको छ ? अति भो महाराज,’ उनले लेखेकी छिन् ।

उनले मत्रपत्र च्यातेर मेयर बनेको भनाइप्रति पनि आपत्ति जनाएकी छन् । २९ वटा वडामध्ये एउटा वडामा मात्रै त्यस्तो घटना घटेको त्यो दुर्घटनाले आफूलाई दुखित बनाएको भन्दै उनले आफूले २९ वटै वडाका जनताको अभिमतले जितेको बताएकी छिन् । पछिल्लो समय राजनीतिक र व्यवहारिक रुपमा नेकपा विभाजन भएसँगै प्रचण्ड र ओलीबीच व्यक्तिगत विषयमा प्रहार गरी एक अर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट