महान्यायाधिवक्ता खरेलद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्र सर्वोच्च अदालतमा पेश-Sutra News

महान्यायाधिवक्ता खरेलद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्र सर्वोच्च अदालतमा पेश

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं– महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेश गरेका छन् ।



संवैधानिक इजलासमा बिहीबारको बहसमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित छ कि छैन रु’ भन्दै प्रश्न उठाएका थिए ।

भट्टराईले विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको विषय उठाएपछि न्यायधिश अनिलकुमार सिन्हाले महान्यायधिवक्ताको कार्यालयसँग राजपत्रमा प्रकाशित सूचना मागेका थिए ।

संवैधानिक इजलासमा भइरहेको बहसमा आज पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघठन गरेको संवैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको आइतबारदेखि एकसाथ सुनुवाई गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट