तस्बिरमा हेर्नुहोस् प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन-Sutra News

तस्बिरमा हेर्नुहोस् प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका छन् ।



स्थायी कमिटी सदस्यहरुले ¥यालीको नेतृत्व गरेका छन् । पार्टी नेता, कार्यकर्ता, जनवर्गीय संगठन, पेशाकर्मी, युवा, विद्यार्थी सम्मिलित जुलुस राजधानीका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित मूल सडकमा आयोजना गरिएको विरोधसभामा परिणत हुने नेकपाले जनाएको छ ।

राजधानीका विभिन्न स्थानबाट निस्केका जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका छन् ।

जुलुसमा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट नेकपाका नेता, कार्यकर्ता तथा जनसमुदाय बाक्लो उपस्थिति रहेको छ । जुलुसपछि आयोजित सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ ।

यही माघ ३ गते बसेको संघर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले विरोध गर्दै आइरहेको छ ।

 

140971674_2864415490462627_692620670202887055_n.jpg

141398571_2864414853796024_3073843643445565657_n.jpg

142074345_2864415523795957_3858426518108742579_n.jpg

140912859_2864415940462582_8478393594109824717_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट