ओलीलाई झलनाथको जवाफ- पार्टीबाट आफैं भाग्ने, अरूलाई भगौडा भन्न अफठ्यारो लाग्दैन ?-Sutra News

ओलीलाई झलनाथको जवाफ- पार्टीबाट आफैं भाग्ने, अरूलाई भगौडा भन्न अफठ्यारो लाग्दैन ?

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली भगौडा भएको बताएका छन् । शुक्रबार संसद् विघटनविरुद्ध काठमाडौं उपत्यकामा भएको शक्ति प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले ओली पार्टीबाट भागेको बताए ।



उनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलालाई घूँडा टेकाइ छाड्ने बताउँदै भने, ‘केपी ओली भगौडा हुन् । उनले यो पार्टी त्याग गरेका छन् । एउटा सानो गुट खोलेर पार्टीलाई चोइट्याएका छन् ।’

ओलीले गलत काम गरेका कारण पार्टीबाट भाग्न पर्ने स्थिति आएको पनि उनले बताए । नेता खनालले केपी ओलीलाई संकेत गर्दै भने, ‘अरूलाई भगौडा भन्न अफठ्यारो लाग्दैन ? उहाँलाई हामी सोध्न चाहन्छौं ।’

नेता खनालले आफूहरूको पार्टी नेकपा बलियो हुँदै गएको पनि दाबी गरेका छन् ।  प्रधानमन्त्री ओलीले केही दिनअघि पार्टीबाट प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई भगौडा भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट