ओलीले शान्ति प्रक्रिया विघटन गर्न चाहे, खबरदार केपी: प्रचण्ड-Sutra News

ओलीले शान्ति प्रक्रिया विघटन गर्न चाहे, खबरदार केपी: प्रचण्ड

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया विघटन गर्न चाहेको बताएका छन् ।



शुक्रबार आफ्नो समूहले राजधानीमा गरेको शक्ति प्रदर्शन सभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

‘संसद् विघटन ठीक हो’ भन्ने मानिस आफूले नदेखेको बताउँदै उनले शान्ति प्रक्रिया विघटन गर्न ओलीले चाहेको बताए । उनले भने, ‘केपी ओलीले शान्ति प्रक्रिया विघटन गर्न चाहेका छन् । खबरदार केपी !’ ‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’ शुक्रबार सो पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खबरदार त्यस्ता कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट