नेकपा प्रचण्ड-माधव समूहका सांसदद्वारा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश-Sutra News

नेकपा प्रचण्ड-माधव समूहका सांसदद्वारा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका सांसदले शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।



प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड-माधव समूहका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अष्टलक्ष्मी शाक्यलाई वैकल्पिक मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका सांसदले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै बैठक माघ १९ सम्मका लागि स्थगित भएको छ।

प्रदेशसभाको बैठकमा प्रचण्ड-माधव समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

तीन वर्षको अवधिमा मुख्यमन्त्री पौडेलले जनताको हितमा अपेक्षाकृत ढंगले काम गर्न नसकेका कारण उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको सांसद नेपालले बताए । उनले कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेकोसमेत बताए ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश भएसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक माघ १९ सम्मका लागि स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट