ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ: घनश्याम भुसाल-Sutra News

ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ: घनश्याम भुसाल

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भुसालले ओलीले संविधानलाई च्यातच्युत पारेर ताण्डव नृत्य देखाइरहेको आरोप लगाएका हुन् ।



नेता भुसालले ओलीले घुँडा नटेकेसम्म संविधान र लोकतन्त्रको रक्षा नहुने बताउँदै यसको रक्षाका लागि टाउकोमा कफन बाँधेर सडकमा रहिरहने बताए । ओलीले संविधानलाई च्यातच्युत पार्ने प्रयास गरेकाले उनलाई जसरी पनि पराजित गर्नैपर्ने भुसालले बताए । ओलीलाई अझै पनि आफूले जित्छु भन्ने लागेको भन्दै नेता उनले भने, ‘ओलीसँग अब दुई वटा शक्ति मात्र छ । एउटा साइबर सेना भनिने साइबर स्याल छ, भने अर्को ओली र उनका नेताहरूले भन्ने गरेको सेटिङ ।’

उनले कसैलाई ओलीले चुनाव गराउँछन् भन्ने लागेको भए त्यो भ्रम मात्र भएको बताए । सर्वोच्च अदालतमा दिएको जवाफमा ओलीले ७ ठाउँमा दुई तिहाइ चाहिएकाले संसद भंग गरेको भन्दै उनले भने, ‘आफूले दुई तिहाइ ल्याउने सुनिश्चित नहुँदासम्म केपी ओलीले चुनाव गराउँदैनन् ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट