प्रचण्ड–माधवमाथि ओलीको कटाक्ष : ज्ञानेन्द्रकहाँ गएर राति–राति लुकेर कतिपटक रक्सी खानुभयो ?-Sutra News

प्रचण्ड–माधवमाथि ओलीको कटाक्ष : ज्ञानेन्द्रकहाँ गएर राति–राति लुकेर कतिपटक रक्सी खानुभयो ?

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।



काठमाडौंमा शुक्रबार आयोजित पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधवले पूर्वराजा ज्ञानेन्द्र शाहसँग राति–राति लुकेर रक्सी खाने गरेको आरोप लगाए ।

‘उहाँहरूजस्तो राति–राति लुकेर ज्ञानेन्द्रकहाँ गएर रक्सी खाएर लोकतन्त्रको विरुद्धमा षड्यन्त्र गर्ने मेरो बानी छैन, मैलेनभनेको मात्रै हो, कतिपटक रक्सी खानुभयो ?’ ओलीले प्रश्न गर्दै भने ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले वैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको गरिएको बताए ।

उनले आफूहरूले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । आफूहरूले २३ माघमा वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनी देखाउने पनि बताए ।

‘अहिले भर्खर रत्नपार्कमा होशियार भाषण गरिरहेको सुनेँ, आठ–दश हजार मान्छे अगाडि देख्नुभएछ, भुइँमा खुट्टै थिएन,’ उनले भने ।

विरोध सभालाई देशभरबाट अलिअलि मान्छे जम्मा भएको ओलीको टिप्पणी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट