काठमाडौं– नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले झापामा बस तोडफोड गरेका छन् ।
झापाको शिवसताक्षी नगरपालिकाको किराँतचोक सडकखण्डमा बा ४ ख ८८९७ नम्बरको गजुरमुखी यातायातको बस विप्लवका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
हातमा खुकुरी बोकेका युवाको समूहले ढुंगा प्रहार गरी बसको सिसा फुटाएको प्रहरीले जानकारी दिएको छ ।
बस तोडफोड भएपछि यातायात सञ्चालनमा कमी आएको छ । राजमार्ग किनारमा रहेका युवाले बस रोकेर तोडफोड गरेका हुन् ।
तोडफोडबाट बसको अगाडि भाग र झ्यालका सिसा फुटेको छ । बस इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएक तोडफोडमा संलग्नको खोजी शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव पूर्वमा सामान्य रुपमा परेको छ । पूर्व-पश्चिम राजमार्गमा छोटो तथा लामो दुरीका साना तथा ठूला सवारी गुडिरहेका छन् ।