प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थी बने : योगेश भट्टराई-Sutra News

प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थी बने : योगेश भट्टराई

शनिबार, १० माघ २०७७

शनिबार, १० माघ २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली द्रुत गतिमा दक्षिणपन्थी बनेको आरोप लगाएका छन् ।



शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको प्रतिनिधिसभा विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।

नेता भट्टराईले संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै तिनै मुद्दालाई संशोधन गर्न ओलीले दुईतिहाइ मत मागेको बताए ।

नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकाले संविधानप्रति आफूहरूको लगाव र स्नेह रहेको उनको भनाइ छ ।

नेता भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने बताएका हुन् । वकिलहरू कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यावसायिक धर्म भनी जान नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट