भारतको कोरोना ग्राफः निको हुनेको दर ९६.८२ प्रतिशत-Sutra News

भारतको कोरोना ग्राफः निको हुनेको दर ९६.८२ प्रतिशत

शनिबार, १० माघ २०७७

शनिबार, १० माघ २०७७

नयाँदिल्ली- भारतमा कोभिड-१९ संक्रमणपछि निको हुने बिरामीको दर ९६.८२ प्रतिशत रहेको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ ।



अहिलेसम्म भारतमा कूल एक करोड तीन लाख ८३८ कोभिड–१९ संक्रमित बिरामी निको भई घर फर्किएका छन् भने एक लाख ८५ हजार ६६२ विरामी स्वास्थ्यकर्मीको निगरानीमा रहेका मन्त्रालयले उल्लेख गरेको छ ।

कोभिड–१९ संक्रमितहरू निको भई घर फर्किने क्रम निरन्तर बढिरहेकोले देशमा सक्रिय संक्रमितका संख्यामा पनि कमी आएको छ ।

भारतभर विगत २४ घण्टामा संक्रमण पुष्टि भएका व्यक्तिको संख्या १४२५६ रहेको छ । यो अवधिमा निको भई घर फर्किने बिरामीको संख्या १७ हजार १३० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट