काठमाडौं- नेकपा पुष्पकमल दाहाल (प्रचण्ड)-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठक आज दिउँसो साढे १२ बजे पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।
यसअघि हिजो शनिबार पनि केन्द्रीय कार्यालयमा उपलब्ध स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेको थियो । बैठकमा गत शुक्रबार (माघ ९ गते) काठमाडौंमा आयोजित विरोधसभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।