चितवनमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा-Sutra News

चितवनमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा

आइतबार, ११ माघ २०७७

आइतबार, ११ माघ २०७७

चितवन- जिल्लामा रहेका ३४८ एचआइभी संक्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो ।  एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो । फाउण्डेशन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बीमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित रहेका छन् ।



स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बीमा गरेका हुन् । संक्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । बीमा गरिएका परिवारमा एकभन्दा बढीसमेत संक्रमित रहेको सापकोटाले बताए।

जिल्लामा अहिले एक हजार ९२६ संक्रमित छन् । तीमध्ये १४७ बालबालिका हुन् । फाउण्डेशनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४७१ महिला र ४५१ पुरुष सहित ९६७ रहेका छन् ।

सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स संक्रमण भेटिएको छ । थपिएका व्यक्तिमध्ये चार बच्चा रहेका छन् । आठ हजार ७६२ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएको फाउण्डेशनका स्रोत व्यक्ति डा.युवानिधि बसौलाले जानकारी दिए ।

बसौलाका अनुसार सन् २०२० मा संक्रमितमध्ये १५ को मृत्यु भएको छ । मृत्यु हुनेमा एक कोरोना संक्रमण, चार क्यान्सर, पाँच क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट