काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान मासेर गरिने चुनावले दुर्घटना निम्त्याउने बताएका छन् ।
आइतबार ट्विट लेख्दै डा.भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले संविधानरुपी लोकमार्गमा पहिरो ल्याएको र पहिरो नपन्छ्याइ चुनावको गाडी कुदाउन खोजिएको भन्दै त्यसले दुर्घटना निम्त्याउने बताएका हुन् ।
उनले ०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा तत्कालीन राजा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जँदा बीपी कोइरालाले धोका खाएको भन्दै २०१६ पछिका तुलसी गिरी र केशरजंग रायमाझी नबन्न समेत सचेत बनाएका छन् ।
‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ । पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ । २०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जँदा बीपीले खाएको धोका नबिर्सौं ! २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं !’, डा.भट्टराईले ट्विटरमा उल्लेख गरेका छन् ।
ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ।पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ।२०१४सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाॅदा बिपीले खाएको धोका नबिर्सौं!२०१७पछिका तुलसी गिरी,केशरजंग नबनौं!
— Baburam Bhattarai (@brb1954) January 24, 2021