काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । नेकपाका नेताहरुले आइतबार सो निवेदन दिएका हुन् ।
प्रचण्ड-नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले संवैधानिक इजलासमा निवेदन दिएका हुन् । बिहीबार इजालसमा प्रश्न उठेपछि मात्रै राजपत्रमा सूचना छापेको आरोप छ ।
शुक्रबार मात्रै इजालसमा राजपत्रको सूचना पेस भएको थियो ।